April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

अष्ट्रेलियाद्वारा नेपाललाई ६३ करोड ४८ लाख रुपैयाँ सहायता घोषणा

अष्ट्रेलियाद्वारा नेपाललाई ६३ करोड ४८ लाख रुपैयाँ सहायता घोषणा

जेठ ७, काठमाडौं ।
नेपालमा कोरोना भाइरस महामारी आक्रामक रूपमा फैलिरहेको बेला महामारीविरुद्ध लड्न अष्ट्रेलिया सरकारले नेपाललाई ६३ करोड ४८ लाख रुपैयाँ सहायता प्रदान गर्ने घोषणा गरेको छ । अष्ट्रेलियाली दूतावासले शुक्रबार विज्ञप्ती जारी गर्दै कोभिड–१९ विरुद्ध नेपाललाई ७ मिलियन अष्ट्रेलियन डलर सहयोगको घोषणा गरेको हो ।

नेपालसहित दक्षिण एसियाका बंगलादेश र श्रीलंकालाई अष्ट्रेलियाले दिने भनेको १७.५ मिलियन डलरकै एउटा हिस्सा नेपाललाई घोषणा गरिएको उक्त सहयोग रहेको विज्ञप्तीमा उल्लेख छ ।

उक्त सहयोग अन्तर्गत प्रदेश सरकारलाई अक्सिजन लगायतका जरुरी उपकरण र स्वास्थ्यकर्मीको लागि पीपीई लगायतका सामाग्री समावेश गरिएको छ । अष्ट्रेलियाले नेपालको महामारीविरुद्ध युरोप, अमेरिका, जापान र राष्ट्रसंघीय निकायसँग मिलेर काम गर्ने समेत जनाएको छ ।

Advertisement