December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

सिनर्जी पावरको नाफा खुद नाफा ६ करोड भन्दा बढी

सिनर्जी पावरको नाफा खुद नाफा ६ करोड भन्दा बढी

जेठ ७, काठमाडौं ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिनर्जी पावर डेभलपमेण्ट लिमिटेड ६ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको नफा गत वर्षको तुलनामा १३ दशमलव ५५ प्रतिशतले घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको ७ करोड २४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Advertisement

यस वर्ष विद्युत् विक्री आम्दानीमा कमि आउँदा कम्पनीको खुद नाफामा असर परेको हो । गत वर्ष विद्युत् विक्रीबाट १६ करोड ८० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष १५ करोड ४ लाख ८३ हजार रुपैयाँ मात्र आम्दानी गरेको हो । विद्युत् विक्री आम्दानी गत वर्षभन्दा यस वर्ष १० दशमलव ४५ प्रतिशत कम भएको हो ।

यस कम्पनीले प्रबर्द्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजना पूर्ण रुपमा खोलाको पानीमा निर्भर रहने र यस वर्ष हिउँदमा खोलाको जलस्तरमा कमि आएकाले आम्दानी घट्न पुगेको कम्पनीको भनाइ छ । यस वर्ष ४ दशमलव ७५ प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाएर ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष ७ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष ६ करोड ३४ लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।