December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

स्वास्थ्य सामाग्री जाँचपासका लागि भन्सार विभागद्धारा नयाँ कार्यविधि लागू (कार्यविधि)

स्वास्थ्य सामाग्री जाँचपासका लागि भन्सार विभागद्धारा नयाँ कार्यविधि लागू (कार्यविधि)

भन्सार विभागले कोभिड–१९ रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपासका लागि कार्यविधि जारी गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएपछि विभागले कार्यविधि लागू गरेको हो ।

Advertisement


विभागले जारी गरेको कार्यविधिमा भन्सार अधिकृतले अत्यावश्यक मालवस्तुलाई उच्च प्राथमिकतामा राखी शीघ्र जाँचपास गर्नुपर्ने छ । यदी समस्या देखिएमा जतिसक्दो चाँडो समस्याको समाधान गरेर केन्द्रमा पठाउनु पर्ने छ । विभागले जाँचपासका क्रममा देखिएका समस्या समाधान गरी आवश्यक सहजीकरण गर्नका लागि विभागमा उपमहानिर्देशकको संयोजकत्वमा एक दु्रत कार्यदल गर्ने कार्यविधि जारी गरेको छ । यही अनुसार समस्याको समाधान जतिसक्दो चाँडो गर्नुपर्ने भएको हो ।

कार्यविधिले भन्सार कार्यालय प्रमुखले आफ्नो कार्यालयमा आवश्यक कर्मचारीको व्यवस्थासहित छुट्टै इकाइ खडा गरी कार्य गर्ने अधिकार दिएको छ । साथै आपूर्ति व्यवस्थालाई सहज एवम् शीघ्र बनाउन कार्यालयको नियमित समयभन्दा अघि वा पछि र सार्वजनिक विदाको दिनमा पनि यात्रु जाँचपास कक्ष वा काउण्टरबाट समेत आवश्यक मालवस्तुको जाँचपास गर्ने गरी भन्सार कार्यालयको प्रमुखले आवश्यक व्यवस्था गर्नुपर्नेछ ।


अत्यावश्यक मालवस्तुको शीघ्र जाँचपासलाई सहजीकरण गर्न विभागले छनोट प्रणालीको उपयुक्त विधि अलवम्बन गर्न सक्नेछ । साथै जाँचपास भएका मालवस्तुको विवरण सम्बन्धित कार्यालयले दैनिक रुपमा विभागलाई उपलब्ध गराउनुपर्नेछ ।


यस्तो छ विभागले जारी गरेको नयाँ कार्यविधि

COVID-19-Item-fast-clearance-manual-Final