March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

पदमुक्त भएका सात मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई

पदमुक्त भएका सात मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई

जेठ ७, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतले पदमुक्त गरेका सात मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन् । अर्को व्यवस्था नभएसम्मका लागि सातवटै मन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको हो । शुक्रबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी गराएको हो । गैरसांसदका रुपमा मन्त्री भएका सात जनाविरुद्ध परेको रिटमा सर्वाेच्चले उनीहरूलाई मन्त्रीका रुपमा काम नगर्न नगराउन भनेको थियो ।

सर्वोच्च अदालतले मन्त्रीहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी लेखराज भट्ट प्रभु साह मणिचन्द्र थापा गौरीशंकर चौधरी र दावा लामा तामाङलाई मन्त्रीको हैसियतमा काम गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको थियो ।

’सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का तपसिल बमोजिमका मन्त्रीहरूलाई सर्वोच्च अदालतको मिति २०७८÷२÷६ को अन्तरिम आदेश बमोजिम रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजहरूलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु, गर्न नदिनु भनी अन्तरिम आदेश जारी भएको हुँदा निजहरूले सम्हाली आउनु भएको मन्त्रालयहरूको कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि सम्माननीय प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोक्न सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको मिति २०७८÷२÷७ को सिफारिस बमोजिम सम्माननीय प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ।

Advertisement