March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

८२ वटा व्यापारिक फर्ममाथि कारवाही, ७ लाख ३७ हजार जरिवाना

८२ वटा व्यापारिक फर्ममाथि कारवाही, ७ लाख ३७ हजार जरिवाना

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निषेधाज्ञा अवधिमा अनुगमन गरेका व्यापारिक फर्ममध्ये ८२ वटामाथि कारवाही गरेको छ। उनीहरुको कारोवार रोक्का गरिएको विभागले जनाएको छ। निषेधाज्ञाको अवधिमा ३६ वटा फर्मलाई सातलाख ३७ हजार रुपैयाँ जरिवाना गरिएको छ भने ४५ वटा फर्मलाई अन्य कार्वाही गरिएको जनाइएको छ। यस्तै सोही अवधिमा अनुगमन गर्दा दुईवटा औषधि पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

Advertisement