January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

जेठ ९, काठमाडौं ।
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ थियो । यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले सस्तिदैं प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम भएको छ ।

Advertisement