September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

निषेधाज्ञा जारी गर्न २ जिल्ला बाँकी

निषेधाज्ञा जारी गर्न २ जिल्ला बाँकी


जेठ ९, काठमाडौं ।
मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । मुलुकमा अब जम्मा २ जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७५ जिल्लाले निषेधाज्ञा जारी गरी सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् ।

निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेकका काममा घरबाट बाहिर निस्किन पाइन्न । यद्यपि सङ्क्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो । वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो । एक महिनाका अवधिमा करीब करीब मुलुक नै ठप्प हुन पुगेको छ ।

Advertisement

स्वास्थ्य विज्ञले यसपालिको परिवर्तित रुप गत वर्षभन्दा बढी सङ्क्रामक रहेकाले अझै केही हप्ता घरमै बसेर सङ्क्रमणको जालो तोड्नुपर्ने सुझाव दिएका छन् । गृह मन्त्रालयले आइतबार बिहान १० बजे दिएको विवरणअनुसार निषेधाज्ञा जारी भएका ७५ जिल्ला यी हुन्

2078_02_09_गते_सम्मको_निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण