January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

खोप ल्याउन ५ देशसँग कुरा गरिरहेका छौँः प्रधानमन्त्री ओली

खोप ल्याउन ५ देशसँग कुरा गरिरहेका छौँः प्रधानमन्त्री ओली

जेठ ९, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमणविरुद्धको खोपका लागि पाँचवटा देशसँग कुरा गरिरहेको बताएका छन् । आइतबार बालुवाटारमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले खोपका लागि भारत, चीन, बेलायत, रुस र अमेरिकासँग छलफल गरिरहेको बताएका हुन् ।

उनले भने, ‘अब हाम्रो ध्यान रोग सर्न नपाओस्, सर्यो भने त्यसको उपचार गर्ने हो । तर नसरोस् भन्नका लागि खोप ल्याउन भारत, चीन, बेलायत, रुस र अमेरिकासँग कुरा गरिरहेका छौँ । खोप ल्याउने क्रम जारी छ । हामी ल्याउँछौँ ।’ यस्ते ओलीले नेपालमा अक्सिजन सिलिन्डर, अक्सिजन र भेन्टिलेटरको अभाव हटेको बताएका छन् । महामारी भएकाले एकै पटक व्यवस्था गर्न गाह्रो भएको तर अब त्यो समस्या नरहेको ओलीले बताए ।

बाहिर भनिएजस्तो अभाव नभएको प्रधानमन्त्री ओलीले दावी गरे । ‘अब सिलिन्डरको समस्या हटेको छ । अक्सिजनको पनि लगभग समस्या हटेको छ । भेन्टिलेटरको कुनै अभाव छैन’ ओलीले भने । महामारी नियन्त्रण हुँदै गएको र केही दिनमा नै त्यसलाई ओरालोमा लाने विश्वास आफूहरुको रहेको उनले बताए । अहिले पनि अरु स्वास्थ्य सामग्रीहरु औषधि, सिलिन्डरलगायतका सामग्रीहरु ल्याउने तयारी गरिरहेको उनको भनाइ छ ।त्यसका लागि संयुक्त राष्ट्रसंघ, विश्व बैंकलगायत विकास साझेदारसँग कुरा गरिरहेको उनले बताए ।

Advertisement