January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

टेलिकमले स्वास्थ्यकर्मीलाई एक महिनाको निशुल्क भ्यवाइस कल सेवा उपलब्ध गराउने

टेलिकमले स्वास्थ्यकर्मीलाई एक महिनाको निशुल्क भ्यवाइस कल सेवा उपलब्ध गराउने


कोभिड–१९ को महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीलाई एक महिनाको निशुल्क भ्यवाइस कल सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद÷नेपाल नर्सिंंग परिषद÷नेपाल फर्मासिष्ट परिषद÷नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर भएको छ ।


यस अफरअन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेको आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड÷प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइनेछ । दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर उपलब्ध गराएको छ ।


स्वास्थ्यकर्मीहरुले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गरिनेछ । पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागु हुने रेन्टल चार्ज कायमै रहनेछ ।

Advertisement