April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

एकैदिन गरे १६५ आरोहीले सगरमाथाको सफल आरोहण

एकैदिन गरे १६५ आरोहीले सगरमाथाको सफल आरोहण


इतिहासमै पहिलो पटक आइतवार सबैभन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभाककी निर्देशक मिरा आचार्यका अनुसार आइवरा १६५ जनाले आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

Advertisement


यसअगाडि १५० बढीले सगरमाथा आरोहण गरेका थिए । भारतबाट आएको आँधीको कारण धेरै आरोहीहरु सगरमाथा बेस क्याम्पमा बसेका थिए । मौसम सफा भएपछि उनीहरु एकैपटक यसरी सगरमाथा पुग्न सफल भएका हुन् । आचार्यका अनुसार १६५ जनाले सगरमाथा चढेको खवर आफूमा आएको र यो संख्या अझै बढन सक्ने बताएकी छिन् ।

Advertisement


आचार्यका अनुसार हिमालयन गाइडले ३०, बेउलले २२, कैटुबाट १९,समिट क्लबबाट १५, पाइनोरबाट १४, स्नो होरिजनबाट १२ जना, हिमालय एसेन्टबाट ११, ग्लासियर हिमालयबाट ११, साटोरी ७, ह्याप्पी फिटबाट ३, ड्रिमर डेस्टिनेसनबाट ३, ट्याग नेपालबाट ३ र सेभेन समिट एजेन्सीमार्फत ३ जनाले आइतबार सगरमाथा आरोहण गरेका छन् ।


पर्यटन विभागले सगरमाथा आरोहणका लागि ४ सय ८ जनालाई आरोहण अनुमति लिएका छन् । अनुमति पाउनेहरुले मे महिनाभरिमा सगरमाथा आरोहणका गरिसक्ने छन् ।