January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

वित्तीय क्षेत्रका १२ हजार कर्मचारीमा कोरोना संक्रमण, ३ हजार सक्रिय संक्रमित

वित्तीय क्षेत्रका १२ हजार कर्मचारीमा कोरोना संक्रमण, ३ हजार सक्रिय संक्रमित


काठमाडौं । बैंकमा कार्यरत १२ हजारभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण भएको छ । संक्रमित भएका मध्ये बैक, विकाश बैंक र लद्युवित्तका कर्मचारी रहेका छन् । नेपाल बैंकर्स संघका अनुसार हालसम्म वाणिज्य बैंकहरुका मात्रै १० हजारभन्दा बढी कर्मचारी कोरोना संक्रमित भएका छन् । जसमा २५ सय कर्मचारी सक्रिय संक्रमित रहेको संघले जनाएको छ । यस्तै, कारोनाका कारण एक दर्जन बैंकरको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्व कार्यकारी प्रमुखदेखि संचालकसम्म रहेका छन् ।

Advertisement


त्यस्तै विकास बैंकमा पनि ५ सय माथिका कर्मचारीमा कोरोना संक्रमण भएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ । जसमध्ये २१४ कर्मचारी सक्रिया संक्रमित रहेका छन् ।

Advertisement


लघुवित्त कम्पनीमा सक्रिया संक्रमितको संख्या हजार माथि रहेको छ । बजारमा कोरोना संक्रमण बढदै गएपछि बैकहरुले अति आवश्यक बाहेक अन्य सबैसेवामा कडाई गरेका छन् । बैंकहरुले संकमण बढ्दै गएपछि ५० हजारभन्दा कमको निक्षेप नलिने निर्णय समेत गरेका छन् । त्यस्तै बैंकका सीमित शाखा संचालन गर्दे आएका छन् ।


उपत्यकामा वाणिज्य बैंकले एक दिनमा ६ वटा, विकास बैंकले चारवटा र वित्त कम्पनीले तीनवटा मात्रै शाखा खोल्न निर्देशन दिएको छ ।