January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

जलविद्युत् लगानी तथा विकास कम्पनीलाई हकप्रद निष्कासन अनुमति

जलविद्युत् लगानी तथा विकास कम्पनीलाई हकप्रद निष्कासन अनुमति

जेठ १०, काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले जलविद्युत् लगानी तथा विकास कम्पनी ९एचआईडीसीएल० लाई हकप्रद निष्कासन अनुमति दिएको छ । धितोपत्र बोर्डले कम्पनीलाई जेठ ९ गते १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको हो ।

बोर्डबाट कम्पनीले कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति पाएको हो । कम्पनीले हकप्रद निष्कासनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हकप्रद निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २२ अर्ब पुग्नेछ ।

Advertisement