January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

वरिष्ठ साहित्यकार वानिरा गिरीको निधन

वरिष्ठ साहित्यकार वानिरा गिरीको निधन

जेठ १०, काठमाडौं ।
वरिष्ठ साहित्यकार डाक्टर वानिरा गिरीको निधन भएको छ । ७५ वर्षिया गिरीको हृदयघातका कारण आइतबार राति निधन भएको हो । झण्डै ३ वर्षयता अल्जाइमर्स रोगबाट ग्रसित भएर घरमै आपत्कालीन स्वास्थ्य सेवा लिइरहेकी वानीरालाई ३ साताअघि कोरोना पोजिटिभसमेत देखिएको थियो । आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उनको निधन भएको हो ।

उनी साहित्यमा पीएचडी गर्ने पहिलो महिलाको रुपमा परिचित थिइन् । कवि गोपालप्रसाद रिमाल माथि शोध गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट सो उपाधि प्राप्त गरेकी थिइन् । गिरि उपन्यास, कविता र निबन्ध लेखनमा फरक दृष्टिकोण तथा शैलीका कारण नेपाली साहित्यमा चिनिएकी थिइन् ।

उनका ‘कारागार’, ‘निर्बन्ध’ र ‘शब्दातित सान्तनु’ उपन्यास तथा ‘मेरो आविष्कार’, ‘जीवन , थायमरु’, ‘एउटा एउटा जिउँदो जंगबहादुर’ कविता संग्रहहरु प्रकाशित छन् । उनले ‘शब्दातीत शान्तनु’ उपन्यासका लागि २०५६ सालको साझा पुरस्कार पाएकी हुन् ।

Advertisement