January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

देउवाको पक्षमा १४६ सांसदको हस्ताक्षर जुटाएको गठबन्धनको दाबी

देउवाको पक्षमा १४६ सांसदको हस्ताक्षर जुटाएको गठबन्धनको दाबी

जेठ १०, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी दलका १४६ सांसदले हस्ताक्षर गरेका छन् । यसअघि गत शुक्रवार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई निवेदन दिएका थिए ।

सोमवार १४६ सांसदको हस्ताक्षर संकलन गरिएको माधव नेपाल पक्षीय नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, माधव नेपाल पक्षका २३, जसपा उपेन्द्र यादव पक्षका १२ र जनमोर्चाकी १ गरी १४६ सांस्दले हस्ताक्षर गरेको विपक्षी गठबन्धनले दाबी गरेको छ ।

यसअघि नेकपा एमालेका २६ जनाको हस्ताक्षरसहित १४९ जनाको नाम राष्ट्रपति समक्ष पठाइएको थियो । रिट दायर गर्ने अन्तिम समयमा एमालेका गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर नगरेपछि एमालेको संख्या २३ मात्र भएको छ ।

Advertisement