April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म थपियो निषेधाज्ञा

जेठ ११, काठमाडौं ।

कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ ।  ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ २० सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जेठ २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको भक्तपुकार प्रअिज प्रेम प्रसाद भट्टराईले बताए । 

काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँदै छ । मंगलबार काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौला सहभागी बैठकले सो निर्णय गरेको हो । 

Advertisement