September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

तल्लो तहसम्म विपक्षी दलको गठबन्धन बनाउने कांग्रेसको निर्णय

तल्लो तहसम्म विपक्षी दलको गठबन्धन बनाउने कांग्रेसको निर्णय

जेठ १२, काठमाडौं ।
नेपाली कांग्रेसले तल्लो तहमा विपक्षी दलहरुसँग सहकार्य गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीकण्ठमा बुधबार बसेको शीर्ष नेताको बैठकले आफ्ना भ्रातृ संस्था तथा तल्लो तहका कमिटीलाई विपक्षी दलसँग सहकार्य गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो ।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसको विरोधमा उत्रिन नागरिक समाज, बौद्धिक समूह लगायतलाई आह्वान गरेको छ । यद्यपि कोरोनाको कारण अहिले सडकमै उत्रिएर विरोध भने गर्ने अवस्था नरहेको बैठकको निष्कर्ष छ ।

Advertisement

बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध अदालतमा रिट दायर गरिसकेको अवस्थामा अन्य राजनीतिक गतिविधि कसरी गर्ने भन्नेबारे छलफल भएको नेता अर्जुननरसिंह केसीले बताए । बैठक कोरोनाको विषयमा समेत केन्द्रित रहेको उनले बताए । १५ बुँदे ज्ञापनपत्र सरकारलाई पेश गरे पनि सरकार गम्भीर नबनेको कांग्रेसको ठहर छ ।