March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

सलिन्डर घरमा नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह

सलिन्डर घरमा नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह

जेठ १२, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरहरु सम्बन्धित कम्पनीमा समयमा भर्न लैजान र घरमा खाली नराख्न आग्रह गरेको छ । अक्सिजन आपूर्ति व्यवस्थामा सहज भएपनि सम्बन्धित उद्योगहरुमा भर्न फिर्ता नपुग्ने समस्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार विज्ञप्ति निकालेर अक्सिजन सिलिण्डरहरु देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुने भएकाले सबैलाई संवेदनशील बनिदिन अपील गरेका हुन् ।

Advertisement

एउटा उद्योगका अक्सिजन सिलिन्डरहरू अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको र यसले आगामी दिनमा समस्या निम्त्याउने सक्ने मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयले अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने र गराउने कार्यलाई बन्द गर्न तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्न आग्रह गरेको छ ।