March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेका रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेका रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

जेठ १३, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि माग गर्दै परेका रिटमाथिको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ ।  बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोकेका हुन् ।

Advertisement

सर्वोच्चका अनुसार आजदेखि १९ रिटमा सुनुवाइ हुनेछ । यस्तै शुक्रबार शेरवहादुर देउवासहित बाँकी ११ रिटको सुनुवाइ हुनेछ जुन संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका रिट हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।

Advertisement

संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।