August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

निर्धन उत्थानको १ लाख ५ हजार कित्ता संस्थापक सेयर लिलामी खुला

निर्धन उत्थानको १ लाख ५ हजार कित्ता संस्थापक सेयर लिलामी खुला

निर्धन उत्थान लघुवित्तले जेठ १३ गते देखि १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकेको छ ।

लगानीकर्ताले तोकिएको न्यूनतम भाउ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोलमा सहभागी बन्नुपर्नेछ । यसमा निर्धनका संस्थापक सेयरधनीका साथै सर्वसाधारण तथा अन्य योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । 

निर्धनको संस्थापक सेयर लिलामीमा जेठ २० गतेसम्म आवेदन दिन सकिन्छ । न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्ने गरी बोलपत्र पेश गर्न सकिन्छ ।