April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


एनएमबि बैंकले बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने आज बिहीबार (जेठ १३ गते) अन्तिम दिन रहेको छ । जेठ ९ गतेदेखि खुला गरिएको उक्त ऋणपत्र आज कार्यालय समय भित्र भर्न पाउने । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो भने बाँकी ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।


बैंकले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४% – २०९२–९३’ जारी गरेको हो । यसमा वार्षिक ४% ब्याजदर रहनेछ । लगानीकर्ताले उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए माइनस’ रेटिङ दिएको छ

Advertisement