August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

निर्धन उत्थान लघुवित्तको संस्थापक सेयर लिलामीमा

निर्धन उत्थान लघुवित्तको संस्थापक सेयर लिलामीमा

निर्धन उत्थान लघुवित्त संस्था लिमिटेडले संस्थापक सेयर लिलामीमा राखेको छ । संस्थाले न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ५० रुपैयाँ अंकित दरका १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर आजबाट लिलामीमा ल्याएको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटलले जनाएको छ ।


विक्रीमा ल्याएको सेयर लगानीकर्ताले बोलपत्र पेश गर्दा तोकिएको न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आजदेखि जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त सेयरमा सर्वसाधारण तथा अन्य जो कोहि योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।