August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

लकडाउनका नाममा किराना पसल बन्द गर्ने कामप्रति चम्बरको आपत्ति

लकडाउनका नाममा किराना पसल बन्द गर्ने कामप्रति चम्बरको आपत्ति


काठमाडौँ । नेपाल सरकारले भोलिदेखि पसलहरुमा गर्ने कडाईप्रति चेम्बर अफ कमर्शले आपत्ति जनाएको छ । चेम्बरले बिहिबार एक विज्ञप्ति जारी गर्दै उपत्यकामा तीन प्रमुख जिल्ला अधिकारीले गरेको पसल बन्द गर्ने निर्णय प्रति आपत्ती जनाएको हो ।

सरकारको किराना पसलहरु बन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्युन आय भएका सर्वसाधारण उपभोक्ताहरुलाई यस व्यवस्थाले मर्का पर्ने तथा किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल बन्द गरिदा सबै चेपुवामा पर्ने भन्दै पसल बन्द गर्ने निर्णयको विरोध गरेको हो ।

यस्तै अति आवश्यक उपभोग्य वस्तुहरु सर्व साधारणलाई सुलभ आपूर्ति नहुने भएकोले तोकिएको मापदण्डको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष चेम्वर अफ कमर्सले आग्रह गरेको छ ।