August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त

जेठ १४, काठमाडौं ।
स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो । यसअघिका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारी अधिकारी नियुक्त भएपछि मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी रिक्त थियो ।

उनको ठाउँमा डा. पौडेललाई शुक्रबार मन्त्रीस्तरीय बैठकले नियुक्त गरेको हो । स्वास्थ्य मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी पनि महत्वपूर्ण मानिन्छ । डा. पौडेल स्वास्थ्य मन्त्रालयका काबिल अफिसर मानिन्छन् । उनी यसअघि कान्ति बाल अस्पतालको प्रमुख पनि थिए । बाल स्वास्थ्य समूहका विशेषज्ञ उनले जनस्वास्थ्य विषयमा समेत मास्टर्स गरेका छन् ।