August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

एनआइसी एसिया बैंकले पायो ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति

एनआइसी एसिया बैंकले पायो ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति

जेठ २६, काठमाडौं ।
एनआइसी एसिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १ हजार रुपैयाँ दरको ३० लाख कित्ता ८.५% एनआइसी डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।

बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । एनआइसीले ऋणपत्र निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।