April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति विवरण : १२ विघा जग्गा, २२ तोला सुन

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति विवरण : १२ विघा जग्गा, २२ तोला सुन

जेठ २७, काठमाडौं ।
स्वास्थ्या तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको विवरण अनुसार मन्त्री तामाङ र उनकी पत्नी उषकला राईको नाममा १४ कित्तामा १२ विघा जमिन रहेको छ। उनले काठमाडौं, सिन्धुपाल्चोक र मोरङमा जग्गा रहेको सपत्ति विवरणमा उल्लेख गरेका छन्।

Advertisement

मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा २२ तोला सुन,२० लाख रुपैयाँको शेयर, तामाङको नाममा एउटा मोटरसाइकल र उषाकला राईको नाममा एउटा कार रहेको उल्लेख छ।  त्यस्तै, उनले तीन बैंकमा तीन लाख २७ हजार रुपैयाँ रहेको खुलाएका छन्। एभरेस्ट  बैंकमा आफ्नो र राष्ट्रिय वाणिज्य तथा कृषि विकास बैंकमा पत्नी राईको खाता रहेको जनाएका छन्। यस्तै तामाङको कृषि विकास बैंकमा १६ लाख र अन्यमा १९ लाख ऋण भएको उनले उल्लेख गरेका छन्। ।

Advertisement

तामाङले कानुनमन्त्री हुँदा काठमाडौंको गोकर्णेश्वरीमा साढे ३ आनामा बनेको एक तले घर, ३० तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उशाकला राईको नाममा मोरङमा भएका जग्गाहरुको विवरण सार्वजनिक गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले २१ जेठमा जनता समाजवादी पार्टी (जसपा)का १० जनासहित मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। उनले मन्त्री नियुक्त भएको एक साताभित्रै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।