August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री, को-को बन्ने भए नयाँ मन्त्री

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री, को-को बन्ने भए नयाँ मन्त्री

जेठ २७, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। अघिल्लो साता मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्। उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ नियुक्त गर्न लागेका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ ।

प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा कास्कीका एमाले नेता खगराज अधिकारी गृहमन्त्री हुने भएका छन्। सांसद नरहेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल सर्वोच्चको आदेशपछि पदमुक्त भएकाले जेठ दोस्रो सातादेखि गृह मन्त्रालय प्रधानमन्त्री ओलीले आफू मातहतमा राखेका थिए। त्यसपछि अब को गृहमन्त्री बन्छ भन्ने आमचासो थियो।

को को बन्दैछन् मन्त्री ?

१) नारदमुनी राना, वनमन्त्री

२) मोहन वानियाँ, विनाविभागीय मन्त्री

३) खगराज अधिकारी, गृहमन्त्री

४) नैनकला थापा, सन्चारमन्त्री

५) ज्वालाकुमारी साह, कृषिमन्त्री

६) राजकिशोर यादव, उद्योगमन्त्री

७) गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

८) आशा विक, वन राज्यमन्त्री

उनीहरुले आजै साँझ ६ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताईएको छ ।