August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

अमेरिकाले ५० करोड खोप विश्वका १ सय देशलाई उपलव्ध गराउने

अमेरिकाले ५० करोड खोप विश्वका १ सय देशलाई उपलव्ध गराउने

जेठ २७, काठमाडौं ।

अमेरिकाले आगामी दुई वर्षभित्रका कोरोनाविरुद्धको ५० करोड खोप विश्वका विभिन्न देशलाई उपलव्ध गराउने भएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले आगामी दुई वर्षमा फाइजरको कोभिड–१९ भ्याक्सिनको ५० करोड डोज विश्वका १ सय देशलाई उपलव्ध गराउने भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

यसमध्ये २० करोड डोज तत्काल बाँडिने छ भने बाँकी २०२२ मा बाँडिने अमेरिकी मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। अमेरिकामाथि गरीब देशमा भ्याक्सिनको दर बढाउन दबाब छ।

संयुक्तराज्य अमेरिकाले यसअघि नै कम्तिमा आठ करोड डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ र उक्त खोप यही जुन महिनाभित्रै वितरण गर्ने योजना छ । कुनै पनि मुलुकले कोभिड विरुद्धको खोप यति ठूलो परिणाममा उपलब्ध गराउने घोषणा गरेको यो पहिलो अवसर हो ।