September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

बेलायतले १० करोड अतिरिक्त खोप गरिब देशहरुलाई उपलब्ध गराउने

बेलायतले १० करोड अतिरिक्त खोप गरिब देशहरुलाई उपलब्ध गराउने

जेठ २८, काठमाडौं ।
बेलायतले १० करोड अतिरिक्त खोप गरिब देशहरुलाई उपलब्ध गराउने भएको छ । जी सेभन बैठक अघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरिब देशहरुलाई केही सातापछि खोप उपलब्ध गराउन सुरु गर्ने बताएका हुन् ।

स्काइ न्यूजका अनुसार यसै वर्षको अन्त्यसम्ममा ३ करोड डोज वितरण गरिने प्रधानमन्त्री जोनसनको भनाइ छ । सेप्टेसम्बरको अन्त्यसम्म ५० लाख डोज र यो वर्षको अन्त्यसम्ममा थप दुई करोड खोप उपलब्ध गराउने भएको हो ।

Advertisement

बेलायतसँग रहेको अतिरिक्त खोपहरु गरिब देशलाई वितरणबाट कोभिड १९ महामारी नियन्त्रणमा ठूलो कदम हुने समेत उनले बताएका छन् । बेलायतले अनुदान दिने खोपको पाँच भागमध्ये एक भाग देशहरूसँग सोझै सम्झौता गरेर र अन्य कोभ्याक्स कार्यक्रममार्फत वितरण हुने बीबीसीले जनाएको छ ।

बेलायतको उक्त निर्णयले नेपाल लगायत देशहरुलाई खोप सहज रुपमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । यसअघि बेलायतले कोभ्याक्स मार्फत खोपको सहायता गर्ने बताएको थियो । नेपालले बेलायतसँग खोप उपलब्ध गराउन कूटनीतिक र राजनीतिक पहल समेत गरेको थियो ।