August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने

एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने

जेठ २८, काठमाडौं ।

एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । नेपाल धितो पत्र बोर्डले एनआईसी एशिया बैंकलाई ३० लाख कित्ता ऋणपत्र निस्कासन गर्न अनुमति दिएको छ । बोर्डले ८.५ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निस्कासन गर्न अनुमति दिएको बैंकले जनाएको छ ।

१० वर्षे अवधिको उक्त ऋणपत्रमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्ये ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ ।

उक्त ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म न्युनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने जनाइएको छ । उक्त ऋणपत्र विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र  तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।