August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

भारतीय सेनाद्धारा नेपाली सेनालाई स्वास्थ्य सामग्री उपलब्ध

भारतीय सेनाद्धारा नेपाली सेनालाई स्वास्थ्य सामग्री उपलब्ध

जेठ २८, काठमाडौं ।
भारतीय सेनाले नेपाली सेनलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कोरोना महामारीविरुद्ध लड्न भारतीय सेनाले स्वास्थ्य सामग्री प्रदान गरेको हो । ती सामग्री भारतीय राजदुत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रदान गरे ।

महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउन भारतीय सेनाले भेन्टिलेटर, आइसीयू बेडहरु, पीपीई सेट र एम्बुलेन्स लगायतका सामग्री उपलब्ध गराएको हो । सेनापति थापाले भारतलाई सहयोगका लागि धन्यवाद समेत दिए ।

साथै, राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले नेपाललाई कोभिड महामारीविरुद्ध १० लिटर क्षमताका २०० थान बायोमेडिकल अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ ।