April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

वित्तीय अवस्था अध्यानै नगरी सेयर बजारमा लगानी, नब प्रबेसी उच्च जोखिममा

काठमाडौँ, जेठ २९ गते ।
कोरोना महामारीका कारण भएको निषेधाज्ञाले अधिकांस क्षेत्रका अर्थतन्त्र खुम्चिएको छ । औधोगिक क्षेत्रमा उत्पादन धमाधम कटौति हुँदै आएको छ । राम्रोसँग संचालन भएका उद्योग धन्दामा समेत मूनाफको दर घट्दो छ । अर्थतन्त्रका चरहरु नकारात्मक भएको समय अर्थतन्त्रको मेरुदण्ड मानिने शेयर बजार भने लगातार रुपमा उकालो लागेको छ । अझ आश्चर्य त के भने इतिहासमै लाभांस दिन नसकेका, सुशासनको कमी भएका र ठूलो परिमाणमा घाटामा गएका कम्पनीको समेत सेयर मूल्यमा उछाल आएको छ ।

Advertisement

लागनीका अन्य सम्पूर्ण क्षेत्र खुम्चिदा बिकल्पको रुपमा सेयर बजारमा प्रवेश गर्नेहरु विना अध्यान जथाभाबी लगानी गर्दा बजारमा जोखिम बढेर गएको छ । हल्लाको भरमा लगानी कर्ता कमजोर अवस्था रहेका क्षेत्रमा लगानी गर्दा जोखिम बढेर गएको हो ।

Advertisement

खानी खोला जलविद्युत कम्पनीको सेयर गत बर्ष ४५ रुपैया थियो । हाल यो बढेर बिहीवारसम्म २५० को हाराहारीमा आएको छ । आठ महिनको समयमा केले असर पार्ये र यस्को शेयर यतिका माथि पुग्यो ? अर्कोतीर ४६ करोड चुक्ता पूँजी रहेको यो कम्पनीको घाटा मात्रै ६६ करोड छ । यस्तो अवस्थामा यो कम्पनीको सेयर मूल्य बढनुको कारण के हो ? त्यस्को खोजी नै नगरी लगानी कर्ता अन्धाधुन्द लगानी गरिरहेका छन् । त्यस्तै आवु खोला, दिब्यश्वरी हाइड्रोपावर, नेश्नल हाइड्रोपावरदेखि अन्य थुप्रै जलविद्युत कम्पनीको शुशासन अवस्थादेखि मूनाफाको अवस्था कमजोर हुँदा पनि कम्पनीको शेयर मूल्य भने बढेको बढैछ ।

यतिमात्र होइन लामोसमयसम्म अदातलममा मुद्दा चलेको बर्षिक साधारण सभा समेत नभएको, मुनाफा समेत दिन नसकेको विशाल बजारको कम्पनी लिमिटेडको सेयर मूल्य पनि लगतार बढी रहेको छ । ति कम्पनी त उदाहरण मात्र हुन बजारमा इतिहासमै लाभांस दिन नसकेका, सुशासनको कमी भएका र ठूलो परिमाणमा घाटामा गएका कम्पनीको समेत सेयर मूल्यमा उछाल आएको छ ।

कतिपय निहित स्वार्थ बोकेका समूहले सेयरमा चलखेल गर्ने परम्परा नेपालमा मात्र नभएर विश्वभरीकै पुँजीबजारमा समेत चल्ने गर्दछ । जुन अवस्था हाल नेपालको बजारमा समेत रहेको छ । विश्वभरीनै हुने समान चलखेल भनेका इन्साइडर ट्रेडिङ, सेयर कर्नरीङ्ग र अफवाह फैलायर सेयर बजारमा चलखेल गरिएको जनकारहरु बताउँछन् । नेपाल धितोपत्र बोर्डले बजारमा चलखेल गर्नेहरुको अध्यान गरेर कारवाही गर्ने भनेपनि हालसम्म कुनैपनि कारवाही भएको छैन् । कारवाही नहुँदा बाजारमा चलखेल गर्नेहरु झन सकृय भएका छन् ।