March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

एनआइसी एसियाको स्वामित्वमा रहेको ३ लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन

एनआइसी एसियाको स्वामित्वमा रहेको ३ लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन
जेठ ३१, काठमाडौं ।
एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स  र महुली लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । एनआइसी एसियाले आरएमडीसीको ४ लाख २७ हजार ५९५, मेरोको ६० हजार ४१८ र महुलीको ५६ हजार २७० कित्ता सेयर लिलामीमा ल्याएको हो ।
जसमा लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ४७७ रुपैयाँ, मेरोको सेयरमा ५७२ रुपैयाँ र महुलीको सेयरमा न्यूनतम ८०० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।

Advertisement