April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

कांग्रेसका थप ३३ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक

कांग्रेसका थप ३३ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक

जेठ ३१, काठमाडौं ।
नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ। कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ। अहिले देशभरबाट नयाँ क्रियाशील सदस्य र सदस्यता नवीकरणको इन्ट्री गर्ने काम धमाधम भइरहेको छ।

Advertisement

विवरणको इन्ट्री गर्ने कामसँगै कांग्रेसले सदस्यको विवरणसमेत सार्वजनिक गरिरहेको छ। कांग्रेसले  ३३ जिल्लाका ६५ स्थानको नामावली नेपाली कांग्रेसको वेबसाइटमार्फत सार्वजनिक गरेको छ।

Advertisement

यसअघि थप १०९ स्थानको क्रियाशील सदस्यता सार्वजनिक गरेको थियो। शनिबार बसेको कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको बैठकले विवादरहित क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको हो। नामावली www.nepalicongress.org मा क्लिक गरेर हेर्न सकिने छ।

प्रदेश १ को मोरङ, सोलुखुम्बु, सुनसरी, धनकुटा, प्रदेश २ को सिरहा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा, धनुषा, बागमती प्रदेशको काठमाडौं, मकवानपुर, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ र रामेछापका विभिन्न निर्वाचन क्षेत्रबाट सदस्यता सूचीकृत गरिएको छ।

यस्तै, गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, पर्वत, मुस्ताङ, नवलपुर, लुम्बिनी प्रदेशका बाँके, रुपन्देही, दाङ, कर्णाली प्रदेशका जुम्ला, सुर्खेत, डोल्पा र सल्यानबाट प्राप्त सदस्यता सूचीकरण गरिएको छ। सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली, बझाङ र बैतडीका विभिन्न क्षेत्रका सदस्यता सूचीकृत गरिएको छ।