August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के-के छ कार्यसूची ?

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के-के छ कार्यसूची ?

असार ३, काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने भएको हो । आजको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेरको विषयमा भएको प्रस्तावित कार्यतालिका अनुमोदन गर्ने कार्यतालिका रहेको छ । गत जेठ २९ गते बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीका आसन्न महाधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको थियो ।

तर उक्त निर्णय केन्द्रीय कार्यसमितिको बैठकबाट पारित गर्नका लागि आजको बैठक आह्वान गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘आजको बैठकमा मुख्यमत २९ गतेको पदाधिकारी बैठकबाट प्रस्तावित महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्ने कुरा छ । साथै आजको बैठकमा वर्तमान राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल हुने कार्यक्रम तय भएको छ ।