August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

असार ३, काठमाडौं ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोवाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।गएराती बा.७७ प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बु घर भएका रमेश कुमार बस्नेतको मृत्यु भएको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन् । काठमाडौंबाट भक्तपुर जाँदै गरेको सो मोटरसाइकलमा ३ जना सवार थिए ।

अनियन्त्रित भएर आइल्याण्डमा मोटरसाईकल ठोक्किँदा गम्भिर घाइते भएका बस्नेतको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । मोटरसाइकल पछाडी सवार उदयपुर घर भएका लोकेन्द्र मग्राती र सिन्धुलीको तिनपाटन घर भएका अमित जैरु घाइते भएका छन् ।