March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

पत्रकारहरुलाई कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट

पत्रकारहरुलाई कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट

फ्रन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन मागसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले यसअघि खोप लगाउन छुटेका सबै पत्रकारहरुलाई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग राख्दै रिट दायर गरेका हुन् ।

रिटको सुनुवाई आइतबारको लागि तोकिएको छ। यसअघि पहिलो र दोस्रो चरणको खोप अभियानमा केही पत्रकारहरुले कोरोनाको खोप लगाएको भएपनि अझै धेरै पत्रकारहरु कोरोनाविरुद्धको खोप लगाउनबाट बन्चित छन् । सरकारले अहिले जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर खोप लगाउँदै आएको छ ।

Advertisement