March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कर्पोरेट डेभलपमेन्ट बैंकले बोेलायोे साधारण सभा

कर्पोरेट डेभलपमेन्ट बैंकले बोेलायोे साधारण सभा

असार ४, काठमाडौ ।

Advertisement

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले तेर्हौँ वार्षिक साधारण सभा बोलाएको छ । असार १ बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा असार २५ गते कम्पनीको रजिष्टर्ड कार्यालय वीरगञ्ज, पर्सामा  हुनेछ ।

Advertisement

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका एजेन्डाहरूमा छलफल गरी पारित गरिनेछ

साथै वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डामा पनि छलफल गरीने छ ।