August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

उपत्यकामा निषेधाज्ञा बारे निर्णय गर्न तीन जिल्लाका सीडीओहरुको बैठक बस्दै

उपत्यकामा निषेधाज्ञा बारे निर्णय गर्न तीन जिल्लाका सीडीओहरुको बैठक बस्दै

असार ६, काठमाडौं ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । कोरोना भाइरसको संक्रमण घट्दै गएपछि यसको जोखिक अझै रहेको भन्दै केही खुकुलो गरी निषेधाज्ञा थप्ने तयारी गरिएको सरकारले गरेको हो ।

निषेधाज्ञालाई केही खुकुलो पारी थप एक सातादेखि दस दिन सम्म थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्ने बिषयमा आइतबार तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

जारी निषेधाज्ञाको समय सोमबार सकिँदैछ । आज छलफलमा निषेधाज्ञा थप गर्ने र कुन कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने बताएको छ । अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खुलेका छन् भने निर्माण सामग्री पसलहरु दिउँसो ४ बजेपछि खुलेका छन् ।

३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पछिल्लो पटक असार ७ सम्म उपत्यकामा निषेधाज्ञा थप्ने निर्णय गरेको गरेका थिए । मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाउँदै आर्थिक क्षेत्र चलायमान गराउने सरकारको तयारी गरेको बताइएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन समिति ‘सीसीएमसी’ को बैठकले आर्थिक क्षेत्र चलायमान बनाएर कोरोना सङ्क्रमण घटाउने रणनीति बनाएपछि जिल्ला प्रशासन कार्यालयहरुले यसैअनुसारको तयारी गरेका छन् ।

वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा असार ७ पछि थप खुकुलो र व्यवस्थित हुने बताइएको छ । आइतबार साँझको बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला सहभागी हुनेछन् ।