August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

सुनको मुल्य ८ सयले घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य ८ सयले घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

असार ६, काठमाडौं ।

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको भाउ प्रतितोला ८०० रुपैयाँ रुपैयाँले घटेको हो ।  आज सुनको भाउ तोलाको ९० हजार कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार छापवाल सुनको भाउ तोलामा ९० हजार ८०० रुपैयाँ थियो ।

सुनकाे भाउ बिहीवार तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । त्यस्तै गएको बुधवार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । शुक्रवार तोलाको १३ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको १२ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।