August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

सिन्धुपाल्चोक, मनाङका बाढीपीडितलाई नेपाल चेम्बर अफ कमर्सद्धारा राहत सामग्री हस्तान्तरण

सिन्धुपाल्चोक, मनाङका बाढीपीडितलाई नेपाल चेम्बर अफ कमर्सद्धारा राहत सामग्री हस्तान्तरण

सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढीपीडितहरुको लागि नेपाल चेम्बर अफ कमर्सले राहत सामग्री हस्तान्तरण गरेको छ ।
हालैको भीषण वर्षाको कारण उत्पन्न बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्बु र मनाङ जिल्लामा जनधनको क्षति पु¥याई त्यस क्षेत्रका बासिन्दाहरु घरवारविहीन भएपछि चेम्बरको तर्फबाट राहत सामग्री हस्तान्तरण गरेको हो ।

चेम्बरले बाडेको सामाग्रीमा त्रिपाल, चामल, नून, चिउरा, मस्यौरा तथा दाललगायतका खाद्यय बस्तु छन् । उक्त राहत सामग्री मनाङको लागि काठमाडौंस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका बाढपीडितका लागि सिन्धुपाल्चोक चेम्बर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाई अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्षद्वय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति थियो ।