August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

उपत्यकामा थप १ हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय,जोर-बिजोर लागू गरेर निजी सवारी चल्न दिइने

उपत्यकामा थप १ हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय,जोर-बिजोर लागू गरेर निजी सवारी चल्न दिइने

असार ६, काठमाडौं ।
काठमाडौं उपत्यका थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा कायम रहने छ । स्थानीय प्रशासनले बार तोकेर सबै प्रकारका पसल खोल्न दिने निर्णय गरेको छ । निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने भएको छ। असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ ।  तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।