August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

ललितपुरले ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिने

ललितपुरले ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिने

असार ८, काठमाडौं ।
ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिने भएको छ । महानगरीय खोप समन्वय समितिको असार ७ गते बसेको बैठकले खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । असार ९ गते  बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार  महानगरसँग करिब २५ सय डोज खोप बाँकी रहेको छ । यसमध्ये ललितपुरमा ७७ वर्षमाथिका २२२० जनाले कोभिशिल्ड खोपको दोस्रो डोज लिन बाँकी रहेको छ ।

बाँकी खोप जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकहरुलाई दिइनेछ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुलेको प्रमाण कागजसमेत अनिवार्य रुपमा ल्याउनुपर्नेछ  । त्यस्तै सम्बन्धित वडाबाट प्राप्त सिफारिस नामावलीका आधारमा कुपनको व्यवस्था गरिने महानगरले जनाएको छ ।