नेप्से ७९.४३ अंकले बढ्यो, कारोबार १० अर्बमा सीमित
असार ८, काठमाडौं ।
केही दिनयता लगातार घटेको शेयर बजार मङ्गलवार भने झन्डै ८० अङ्कले बढेको छ । नेप्से आज ७९ दशमलव ४४ अङ्कले बढेर दुई हजार नौ सय १३ दशमलव ८४ विन्दुमा पुगेको हो । सोमबार मात्र नेप्से परिसूचक अधिकतम ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको थियो ।
नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १६.०१ अंकले बढेर ५३६.१५ विन्दुमा पुगेको छ ।आज दुई सय २५ कम्पनीका एक करोड ९७ लाख कित्ता शेयर १० अर्ब २८ करोड रुपैयाँमा कारोबार भएका छन् ।
आज बैंकिङ समूहको शेयर ४४ अङ्कले र विकास बैंक समूहको शेयर दुई सय ५१ अङ्कले बढेको छ । यस्तै व्यापारको २१, होटलको एक सय नौ, जलविद्युतको एक सय ५०, फाइनान्सको एक सय २७, माइक्रोफाइनान्सको ६४, जीवन बीमा समूहको तीन सय ८७, निर्जीवन बीमा समूहको तीन सय ७५, उत्पादनको एक सय ६२, अन्यको ३४ र लगानी समूहको शेयर एक सय ११ अङ्कले बढेको छ ।
कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। पुनर्बीमा कम्पनीको एक अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारका आधारमा दोस्रो स्थानमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीको जम्मा ३२ करोडको सेयर किनबेच भयो। आज पाँच वटा कम्पनीको शेयर १० प्रतिशतले र २८ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
प्रतिकृया दिनुहोस्