August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

असार ९, काठमाडौं ।

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन म्याद ढिला मितिसम्म लम्बिएको छ । बैंकले असार ६ गतेदेखि छिटोमा असार ९ गतेसम्म आवेदन दिन पाउनेगरी ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्काशन गरेको थियो ।

उल्लेखित छिटो समयभित्र माग बमोजिम आवेदन नपरेपछि आवेदन दिने म्याद ढिलो मितिसम्म लम्बिएको हो । यद्यपी ढिलो मितिअघि नै ऋणपत्रमा मागभन्दा बढी आवेदन परेमा भने सार्वजनिक सूचना निष्काशन गरी निष्काशन बन्द गरिने जनाइएको छ ।

बैंकले असार ६ गतेदेखि प्रतिइकाई १००० रुपैयाँ दरमा ७ लाख ५० हजार इकाई ऋणपत्र जारी गरेको हो । कुल निश्कासन हुने डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्मयबाट बिक्री खुला गरिएको छ ।

दश वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् । बैंकको ऋणपत्रका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।