April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

वैदेशिक रोजगार विभागले हप्तामा तीन दिन श्रम स्वीकृति दिने

वैदेशिक रोजगार विभागले हप्तामा तीन दिन श्रम स्वीकृति दिने

असार ११, काठमाडौं ।

Advertisement

वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलले सामाजिक दुरी कायम गरी भौतिक उपस्थितिसहित हप्तामा तीन दिन श्रम स्वीकृति दिने भएको छ ।

Advertisement

यसअघि हप्तामा दुई दिन आइतबार र बुधबार श्रम स्वीकृति दिने उक्त कार्यालयले कोरोना भाइरस संक्रमण केही कम भएको भन्दै आइतबार, मंगलबार र बिहीबार गरी हप्ताको तीन दिन श्रम स्वीकृति दिने निर्णय गरेकोे हो ।

सार्वजनिक बिदा परेमा भने श्रम स्वीकृति नदिइने कार्यालयले जनाएको छ । बायोमोट्रिक गरेका कामदारहरुले अनलाइन माध्यमबाट श्रम स्वीकृति पाइरहेका कारण सकेसम्म कार्यलयमा उपस्थित नहुन आग्रह गरेको छ ।