August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

कृषिमा परनिर्भरता बढ्दैः २ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तुको आयात

कृषिमा परनिर्भरता बढ्दैः २ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तुको आयात

असार ११, काठमाडौं ।

कृषिप्रधान देश नेपालमा कृषिजन्य वस्तुको आयात झन् झन् बढ्दै गइरहेको छ । बढ्दो खपतसँगै उत्पादन वृद्धि नभएपछि तरकारी, फलफूल, माछामासु,  खाद्यान्नलगायत कृषिजन्य वस्तुमा नेपालको परनिर्भरता बढ्दै गएको हो ।

चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा नेपालले कुल २ खर्ब ९१ अर्ब ८३ रुपैयाँ बराबरको कृषिजन्य वस्तुको आयात गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ दशालव ४७ प्रतिशत अर्थात् ६९ अर्ब ८६ करोडले बढी हो । गत आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले कुल २ खर्ब २१ अर्ब ९७ करोड रुपैयाँबराबरको कृषिजन्य वस्तुको आयात गरेको भन्सार विभागले जनाएको छ ।

उपभोगको तुलनामा उत्पादन वृद्धि नहुँदा कृषि वस्तुको आयात बढ्दै गएको छ । नेपालमा कुल जनसंख्याको ६५ प्रतिशत जनता कृषि पेसामा छन्। कुल खेतीयोग्य भूमि करिब ३१ लाख ९५ हजार एक सय ७३ हेक्टर छ। तर कृषिमा यही मुलुकको परनिर्भरता चुलिएको छ। ८० को दशकमा नेपाल धानचामल निर्यात गर्ने मुलुकमा पर्थो तर आज आइपुग्दा मासिक २ अर्ब ५० करोडको चामल आयात गर्ने मुलुक बनेको छ ।