April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

ज्योतिले सिप्रदी ब्राण्डका पिकअप र कार्गो गाडि खरिद गर्दा ७० प्रतिशतसम्म कर्जा दिने

ज्योतिले सिप्रदी ब्राण्डका पिकअप र कार्गो गाडि खरिद गर्दा ७० प्रतिशतसम्म कर्जा दिने

ज्योति विकास बैंकले सिप्रदीमा ब्राण्डका पिकअप र कार्गो गाडि खरिद गर्दा ७० प्रतिशतसम्म कर्जा दिने भएको छ । ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ प्रा. लि. बीच भएको सम्झौता अनुसार टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि उक्त दिने भएको हो । नयाँ सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंक मार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्ने बैंकल जनाएको छ ।

Advertisement

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल तथा सिप्रदी ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका छन् ।

Advertisement

यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहक वर्गहरुलाई ७० प्रतिशत सम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ । बैंकको देशभरि फैलिएका १०५ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ ।

गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवा मार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मनजित्न सफल टाटा ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ । सिप्रदी ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा गाडि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको बैंकद्धारा प्रेसित विज्ञप्तिमा भनिएको छ ।