March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

अदालतमा अवहेलनाको मुद्दा पछि होर्डिङ बोर्ड हटाउदै महानगरपालिका

अदालतमा अवहेलनाको मुद्दा पछि होर्डिङ बोर्ड हटाउदै महानगरपालिका

पुष ११ , काठमाडौं

महानगरपालिकाले काठमाडौंका विभिन्न ठाउँमा राखिएको होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । महानगरले शुक्रबारदेखि प्रहरी परिचालन गरेर होर्डिङ हटाउन थालेको हो ।
काठमाडौंका होर्डिङ बोर्ड हटाउनका लागि ०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले हटाउन निर्देशन दिएको थियो । सोही आदेश अनुसार महानगरले आफ्नो क्षेत्रमा पर्ने स्थानका बोर्डहरु हटाउँन थालेको हो ।
महानगर क्षेत्रमा रहेका व्यवसायिक होडिङ बोर्ड, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख थियो । तर लामो समयसमम सर्वोच्चको आदेश कार्यान्वयन नभएपछि महानगरविरुद्ध अवहेलनाको मुद्दा सर्वोच्चमा दायर भएको थियो । अवहेलना मुद्दा दायर भएपछि भने महानगरले सक्रियता देखाएको छ ।

महानगरले २ साताअघि ७ दिने अल्टिमेटम दिँदै बोर्डहरु हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको थियो । साही अल्टिमेटमको समय सकिएपछि बोर्डहरु हटाउन थालेको हो । महानगरले विजुलीका पोलमा भुण्डाएको बोर्ड बाहेक सबै बोर्ड हटाउन थलेको छ । विजुलीको पोलमा भने नेपाल विद्युत प्रधिकरणले विज्ञापन राख्न इजाजत दिएकाले गर्दा हाल महानगरले नझिकेको हो । विजुलीका पोलमा प्राधिकरणले केही बर्षअघि टेण्डर आह्वान गरी विज्ञापन बोर्ड राख्न दिएको थियो । तर नयाँ विज्ञापन ऐन पारित भएपछि भने ती सबै गैरकानूनी भएका छन् ।
महानगरले पोष्टर–पम्प्लेट टाँस्नेहरुलाई शुक्रबारदेखि पक्राउ गर्न समेत थालेको छ । शुक्रबारमात्रै १० जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट महानगरले जरिवाना तिराएर छाडने गरेको छ ।

Advertisement