March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

शेयर बजार ५.२४ अंकले घट्यो, निर्जीवन बीमा र उत्पादनमूलक समुहमा आकर्षण

असार २२, काठमाडौं ।

Advertisement

असार मसान्त नजिकिएसँगै शेयर बजार सुस्ताएको छ । चालु आर्थिक वर्ष समाप्तीतर्फ लाग्दै गर्दा त्यसको प्रभाव शेयर बजारमा परेको हो । जसले साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारमा दबाब कायम नै देखिएको छ । असार मसान्त नजिकिएसँगै व्यवसायीहरूलाई बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तथा किस्ताहरू तिर्नुपर्ने हुनछ । जसले पनि ठूला लगानीकर्ताले बजारमा लगानी बढाउन सकेका छैनन् भने साना लगानीकर्तामा बजार अझ घट्न हो कि भन्ने मानसिकताले बजार थप घट्न मद्दत पुगेको हो ।

Advertisement

कर कार्यालयले असार २५ गतेभित्र कर तिर्न पत्राचार गरिसकेको अवस्था छ । त्यसैको प्रभाव सोमबारको बजारमा देखिएको छ ।  चालु आर्थिक वर्षको समाप्तीतर्फ लाग्दै गर्दा यस आर्थिक वर्षमा सूचीकृत कम्पनीको लगभग कमाईको रुपरेखा आंकलन हुने गर्दछ । यसपछि लाभांशमा आधारित लगानी बढ्दा बजारले गति लिने अपेक्षा गर्न सकिन्छ ।

मंगलबार नेप्से सूचक ५.२४ अंकले घटेर २८१८.१० बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले घटेर ५२६.७५ बिन्दुमा झरेको छ । हिजो जस्तै कारोबार रकम आज पनि साढे चार अर्ब रुपैयाँ हाराहारीमै सीमित भएको छ । दुई सय २० कम्पनीका एक करोड एक लाख कित्ता शेयर चार अर्ब २२ करोड रुपैयाँमा किनबेच भएका छन् ।

आज बैंकिङ, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढेको छ । तर विकास बैंक, व्यापार, होटल, जलविद्युत्, फाइनान्स, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर घटेको छ ।आज एचआईडीसीएल र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै, मंगलबारको बजारमा हाइड्रो इलेक्ट्रसिटी इनभेष्टमेन्ट र अपर तामाकोशीमा लगानी गर्ने लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । हाइड्रो इलेक्ट्रसिटी इनभेष्टमेन्टमा लगानी गर्नेले लगानीकर्ताले ५.५३ प्रतिशतका दरले गुमाएका हुन्, भने अपर तामाकोशीमा लगानी गर्ने लगानीकर्ताले ५.०४ प्रतिशतका दरले गुमाएका हुन् ।

रिडी हाइड्रो पावरमा लगानी गर्ने लगानीकर्ताले आज ४.११ प्रतिशतका दरले गुमाएका छन् भने नेशनल हाइड्रो, नेपाल इन्स्योरेन्स, राधी विद्युत, जोशी हाइड्रोपावर र विशाल बजारमा लगानी गर्ने लगानीकर्ताले ३ प्रतिशत धेरैका दरले गुमाएका छन् ।

मंगलबारको बजारमा राष्ट्रिय बीमा कम्पनीमा लगानी गरेका लगानीकर्ताले ८.३१ प्रतिशतका दरले नाफा कमाएका छन् । यसैगरी माउण्टेन इनर्जी नेपाल लिमिटेडमा लगानी गरेका लगानीकर्ताले पनि ५.२१ प्रतिशतका दरले नाफा कमाएका छन् । सिभिल लघुवित्त, कर्पोरेट डडेभलपमेण्ट बैंक, समिट लघुवित्त, सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले ३ प्रतिशत धेरैले नाफा कमाएका छन् ।

मंगलबार हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड ८७ लाख ३९ हजार रूपैयाँको शेयर खरीद बिक्री भएको हो ।अपर तामाकोशी साढे २० करोड, नेपाल बैंक पौने १४ करोड, निफ्रा १२ करोड, नेशनल हाइड्रो १० करोड, एचआईडिसीएल १० करोड , नेपाल पुनर्बीमा कम्पनीको १० करोड, शिवम् सिमेन्ट ९ करोड, नबिल बैंक ८ करोड र मेगा बैंकको पनि ८ करोड बढीको शेयर कारोबारमा आएको छ ।