September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

विजय र नेरुडसे लघुवित्तको बार्षिक साधारणसभाः सेयरमूल्य समायोजन

विजय र नेरुडसे लघुवित्तको बार्षिक साधारणसभाः सेयरमूल्य समायोजन

पुस १३ , काठमाण्डौँ । नेरुडेको पुस २८ गते १३ औँ वार्षिक साधारणसभा उद्योग संगठन विराटनगरमा हुने भएको छ ।
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन तथा मर्जर एक्वीजिसनमा जान, सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा मर्जरसम्बसन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित सोही साधारणसभाबाट हुनेछ ।
गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश गरी कुल २०.७९ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै विजय लघुवित्तले पुस २९ गते संस्थाको सातौं वार्षिक साधारणसभा नवलपरासीको गैंडाकोटस्थित फेमेली जक्सन क्याफे एण्ड क्याटेरिङ्ग सेन्टरमाम गर्ने भएको छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । सभामा चुक्ता पूँजीको २२ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि अनुमोदन हुनेछ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समान १५ र १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेका दुवै लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार विजय लघुवित्तको प्रतिकित्ता ६२३.४८ रुपैयाँ र नेरुडे लघुवित्तको ४८६.०९ रुपैयाँ कायम गरेको छ ।

Advertisement